
काभ्रे । तेमाल गाउँपालिकामा भाद्र १३ गते देखि १५ गतेसम्म तीन दिन सार्वजनिक विदा दिइएको छ । तेमाल गाउँपालिकाको केन्द्रमा अवस्थित श्री सत्यनारायण मन्दिर परिसरमा परापूर्वकाल देखि नै जनैपूर्णिमाको अवसरमा हुँदै आएको धार्मिक जात्राको लागि ३ दिन सार्वजनिक विदा दिइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले एक सूचना जारी गर्दै भनेका छन्, ‘तेमाल गाउँपालिकाको केन्द्रमा अवस्थित श्री सत्यनारायण मन्दिर परिसरमा जनैपूर्णिमाको पावन अवसरमा परापूर्वकाल देखि नै धार्मिक जात्रा हुने गरेको र नारायणस्थान मन्दिरमा लाग्ने धार्मिक जात्रा र मेला तेमालको साँस्कृतिक पर्व कै रुपमा विकसित भएको जनाउँदै विदा दिने निर्णय गरिएको हो ।’
जात्रामा तेमाल लगायत आसपासका गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी भक्तजनहरु उपस्थित भई अनुष्ठान गर्ने गर्दछन् ।
मेलालाई सभ्य र भव्य रुपमा मनाउन सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।













































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google