रोशी १ का वडाध्यक्ष श्रीदास लामाको निधन

दर्पण दैनिक ८ पुष २०८१,११:४७
post

काभ्रे । लामो समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । अध्यक्ष लामाको आइतबार उपचारका क्रममा निधन भएको हो । 

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए ।

लामाको निधनप्रति रोशी गाउँपालिका र नेकपा एमाले काभ्रेले वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् । वडाध्यक्ष लामाको निधनमा आज रोशी गाउँपालिकामा शोक बिदा दिइएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: