काभ्रे । खानीखोला गाउँपालिका ५ र ६ मा १५ दिने साबुन बनाउने तालिम र वडा ४ मा अचार बनाउने तालिम सम्पन्न भएको छ । जागरण नेपालको आयोजनामा भएको सो तालिम कार्यक्रम खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सहयोगमा सञ्चालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सीपमूलक उद्यमशिलता र स्वरोजगारका लागि सो तालिम आयोजना गरिएको हो ।
कार्यक्रमका बिशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, प्रशासन प्रमुख रामकृष्ण अर्याल, वडा ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान , वडा ४ का अध्यक्ष निशान मोक्तान, वडा ६ का अध्यक्ष बृहस्पति घिसिङ, समाजसेवी मिना पाख्रीनलगायतको विशेष सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता जागरण नेपालकी अध्यक्ष लक्ष्मी पाख्रीन र सञ्चालन चण्डिका थापाले गरेकी थिइन ।