कोकोहाको पानी धरान ल्याएपछि हर्षले भक्कानिए हर्क साम्पाङ (भिडियाेसहित)

दर्पण दैनिक ३० जेष्ठ २०८०,१३:४८
post

काठमाडौं । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले आफ्नो वचन पूरा गरेका छन् । कोकोहाको पानी धरानमा नल्याएसम्म धरान आउदिनँ भनेर सार्वजनिक रुपमा वचनबद्धता गरेका मेयर साम्पाङ अन्ततः आफ्नो वचन पूरा गरेर मात्रै धरान आएका छन् । उनी तीन दिनदेखि फिल्डमै व्यस्त रहेका थिए ।

करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी आज (मंगलबार) मध्यराति १२ बजेर ३ मिनेटमा माया धराने साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास–आउट पोइन्टमा झार्न सफल भएका हुन् । धरानमा पानी खसालेपछि उनी हर्षले भक्कानिएकाे भिडिओ समामाजिक सञ्जालमा धेरै हेरिसकेका छन् ।


सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: