ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

दर्पण दैनिक २३ माघ २०७९,१५:०८
post

भैरहवा । रुपन्देहीमा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आज बिहान भएको दुर्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

घाइतेको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

भैरहवा तथा आसपासमा हुस्सुका कारण हुने दुर्घटनालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले संयुक्त रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाएका छन् । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख साकारराज पन्तका अनुसार अभियान अनुसार ‘रिफ्लेक्टिङ स्टिकर’ टाँस गरिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: