विद्यालयमा राजनीति बन्द गर्न रास्वपा डोटीले गरायाे ध्यानाकर्षण

दर्पण दैनिक १५ भाद्र २०८०,२१:१५
post

डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले राजनीतिक दलका भ्रातृ संगठनहरुलाई विद्यालयमा संगठन निर्माण गर्ने काम बन्द गर्न माग गरेको छ । रास्वपा डोटीले शुक्रबार प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई विद्यालयमा राजनीति बन्द गर्न ध्यानाकर्षण गराएको हो ।

‘राजनीतिक दल र तिनका विद्यार्थी संगठनहरुले विद्यालयमा राजनीतिक गतिविधि गर्ने, झण्डा प्रदर्शन गर्ने, विद्यार्थीहरुको राजनीतिक संगठन निर्माण गर्ने क्रियाकलापले कानूनी शासनको धज्जी उडाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्रमा यस्ता राजनीतिक संगठन निर्माण भएका विद्यालयका शिक्षकहरुलाई कारबाही गर्न माग गरिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: