भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिने डाक्नेश्वरी नगरपालिकाकी उपमेयर पक्राउ

दर्पण दैनिक २१ असार २०८०,०६:४६
post

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।  भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिएको पाइएपछि प्रहरी उनलाई बुधबार पक्राउ गरेको हो । अहिले उनलाई हिरासतमा राखिएको छ ।

उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ । उनी गतवर्ष भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।

उनका पति महेन्द्र यादव भारतीय हुन् । उपमेयर यादवको माइती भने डाक्नेश्वरी नगरपालिकामै पर्छ । भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएपनि पछि पुनः नेपाली नागरिकता लिएकी थिइन् । उनले ०६४ साउनमा नेपाली नागरिकता लिएको खुलेको छ । उनका पतिको पनि दोहोरो नागरिकता रहेको उजुरी परेको छ । उनी भने हाल फरार छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: