मामाघर अनाथालय बनाउन नसके पदबाट राजिनामा दिन्छु - वडाध्यक्ष घिमिरे

दर्पण दैनिक २९ भाद्र २०८०,१५:१३
post

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सानुराजा घिमिरेले मामाघर अनाथालय आश्रम निमार्ण गर्न नसके वडा अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन । मामाघर अनाथालय आश्रम निमार्ण सहयोगार्थका लागि भईरहेको विराट महायज्ञका संरक्षक समेत रहेका घिमिरेले वडा नम्बर ३ स्थित गोदावरी पाचँधारा कुण्ड र मच्छेयपालन केन्द्र सगै रहेको करिब २२ रोपनी जग्गामा जसरी पनि आश्रम निमार्ण गर्न वाचा गरेका हुन । 

बिहिबार बेलुका महायज्ञको कार्यक्रममा सहभागी हुदै घिमिरेले केही नराम्रा तत्वहरुले आश्रम बनाउन रोक्ने प्रयास गरेपनि आफुहरुले लिएको अठोट जसरी पनि पुरा गर्न बताउदै सम्पुर्ण भक्तजनहरुलाई सहयोग गर्नका लागि आव्हान समेत गरेका छन । महायज्ञ बाट आश्रम बनाउनका लागि लाग्ने रकम संकलन नभएपनि बाँकी रकमको जिम्मेवारी आफुले लिने र समयमा नै आश्रम निमार्ण सम्पन्न गरेर छाड्ने उनको भनाई थियो । 

आश्रम निमार्णका लागि घिमिरेलाई मामाघर अनाथालय आश्रमका संस्थापक समेत रहेका बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले २५ लाखको चेक हस्तान्तरण गरेका छन । 

२० गते देखि गोदावरी नगरपालिका वडा नम्बर १४ मा सुर भएको विराटज्ञान महायज्ञमा बुधवार सम्म चालिस लाख रकम संकलन भएको र त्यही रकम बाट २५ लाख रकम आश्रम निमार्णका लागि वडा अध्यक्ष घिमिरेलाई हस्तान्तरण गरेको बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले जानकारी दिए ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: