‘ब्रा’भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातुसहित एक महिला पक्राउ

दर्पण दैनिक २५ श्रावण २०८०,११:१३
post

पोखरा । सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी काठमाडौंबाट पोखरा आएको ग१ख ९९४४ नम्बरको बसमा सवार थिइन् । बसबाट ओर्लने क्रममा उनको शरीर तलासी गर्दा सो पहेँलो धातु फेला परेको वडा प्रहरी कार्यालय बैदामले जनाएकाे छ । गुरुङको छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम फेला परेको हाे । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: