बैतडीमा थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

दर्पण दैनिक १७ बैशाख २०८०,२१:०१
post

बैतडी । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आइतबार दिउँसो मान्छेको टाउको भेटिएको हो । 

गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो ।  सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक  कमलप्रसाद चौधरीले जानकारी दिए । टाउको भेटिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको छ । “टाउको भेट्टिएको भएपनि महिलाको हो कि पुरुषको हो कि भन्ने चिन्न नसकिने अवस्थामा रहेको छ”, प्रहरी निरीक्षक चौधरीले भने ।

गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।  - रासस

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: