सांसद मोहन आचार्यको पहलमा गोसाइँकुण्डमा नेपाल टेलिकमको नेटवर्क

दर्पण दैनिक ११ भाद्र २०८०,०९:३८
post

रसुवा  । गोसाइँकुण्डमा नेपाल टेलिकमको भ्वाइस तथा टुजी डाटा सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्डमा नेपाल टेलिकमको नेटवर्क सुचारु भएसँगै  भ्वाइस तथा टुजी डाटा सेवा सञ्चालनमा आएको हो। रसुवाबाट निर्वाचित कांग्रेस सांसद मोहन आचार्यको पहलमा गोसाइँकुण्डमा नेपाल टेलिकमको नेटवर्क सुचारु गरिएको हो । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका आचार्यले टेलिकमको नेटवर्क सुचारु गर्नुका साथै सामाग्री ढुवानीको व्यवस्था गरेको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी ,लामटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई लगायत नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, मोबाइल सेवा निर्देशनालय बवरमहलकी  मिनु प्रधान, अनुराधा शर्माको सँयुक्त प्रयासमा  टेलिकमको नेटवर्क सुचारु कार्य सफल भएको हो । 


मोबाइल टावर जडानको लागि प्राविधिकहरु मनिष श्रेष्ठ, अनुज डंगोल, माधव बुढाथोकी, राकेश गिरी, दामोदर ज्ञवाली र शंकर महर्जन गोसाइँकुण्डसम्म पुगेर खटिएका थिए । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमलगायतको सहकार्यमा मोबाइल टावर जडान सम्पन्न भएको थियो । नेपाल टेलिकमको नेटवर्क सुचारु भएसँगै त्यहाँका स्थानीय तथा भक्तजनहरु खुसि भएका छन् । 

नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: