रोशीको तीनधारे झरनासम्म जाने पक्की सडक निर्माणका लागि पहल गर्ने मन्त्री लामाको प्रतिवद्धता

दर्पण दैनिक १७ भाद्र २०८०,२१:०६
post

काभ्रे ।  बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले तीनधारे झरना काभे जिल्लाकै सम्पत्तिको रुपमा स्थापित भएको बताएका छन् । शनिबार रोशी गाउँपालिका–२ को आयोजना तथा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रमका अवसरमा मन्त्री लामाले यस्तो बताएका हुन् ।

तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि सो क्षेत्रको अझ थप विकास गर्न सबै राजनीतिक दल र सामाजिक व्यक्तित्व हातेमालो गरेर विकासको काममा लाग्न आवश्यक रहेको उनले बताए । 

तेमाल, नमोबुद्ध, पनौती र पलाञ्चोक क्षेत्रको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँदै झरना क्षेत्रमा सबैभन्दा लामो जीपलाई सञ्चालन गरेर पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको उनले बताए ।

सो अवसरमा मन्त्री लामाले दाप्चादेखि फलामे साँघुदेखि काफलडाँडा तीनधारे झरनासम्म गरी दुई खण्डमा पक्की सडक निर्माणका लागि केही वर्षभित्रमा नै पूर्णता दिन आफू लाग्ने बताए । 

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीको नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने खालको योजनालाई आर्थिक विकाससँगै जोडेर काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताए । कृषि र पर्यटनलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले त्यसको लागि प्रदेश र संघ सरकारबाट पनि सहयोग गर्न आग्रह गरे । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: