लौरो र छाता बोकेर जनताको घर–घरमै पुगे खानीखोलाका जनप्रतिनिधि

दर्पण दैनिक १६ असार २०८१,२१:२२
post

काभ्रेपलाञ्चोक  । खानीखोला गाउँपालिका ५ का जनप्रतिनिधिहरु लौरो र छाता बोकेर जनताको घर–घरमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्दा वर्षातमा समस्या नहोस र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि  पालिकाका  अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको छ । 

विकट भूगोल भएकाले हिडडुल गर्न सेवाग्राहीले सास्ती बेहोरेपछि वडामै पुगेर सेवा दिएको जानकारी दिए । पानी पर्ने मौसममा घण्टौँ हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोरिरहेको देखेपछि वडाबाट छाता र लौरो  उपलब्ध गराउन थालेको उनले बताए । उनले भने, ‘ जनप्रतिनिधिले जेष्ठ  नागरिककालाई मायाँको चिनो स्वरुप  बितरण गरेका हौँ । वडा ५ पालिकाकाकै केन्द्र भएकोले  भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमै  बैंक रहेकाले बैंकसम्म आउन अरु वडाको तुलनामा अलि सहज भएकोले सुरक्षा भत्ता बैठकबाटै  वितरण थालिएको हो । 

खानीखोला जिल्लाको विकट गाउँपालिकामध्येमा पर्छ ।गाउँपालिकाको केन्द्र ज्येष्ठ नागरिक, अशक्त, एकल र विधवालाई वडामै पुगेर छाता र लौरो  उपलब्ध गराइएको हो । सिङ्गो गाउँपालिका नै जनताको वडा वडामै  पुगेपछि खाली हात नजाने भन्दै छाता र लौरो उपहारसमेत गाउँपालिकाले उपलब्ध गराएको छ । 

आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिन भएकोले गाउँपालिकाले छाता र लौरो  उपहार दिएर दही चिउरा खाएर असार १५ मनाएपछि  यहाँका नागरिक निकै खुसी छन् । ७८ वर्षका बलबहादुर श्रेष्ठले पालिकाका सरकारलाई  सरकार भएको अनुभूति मिलेको बताए ।   

त्यस्तै, अर्का स्थानीय खडनन्द आचार्यले पहिलो पटक गाउँमै सरकार आएको अनुभूति भएको उल्लेख गरे । गाउँपालिकाले आफ्ना समस्या बुझ्न र भत्ता छाता र लौरो दिन आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको बताए । 


सामाजिक सुरक्षा भत्ता लिन आउने जाने बर्खामा काम लागोस् भनेर छाता र लौरो उपहार दिइएको अध्यक्ष थिङले उल्लेख गरे । पहिलो चरणमा गाउँपालिकाको केन्द्रसम्म सहज यातायातको पँहुच नभएका वडास्तरबाट भत्ता वितरण सुरु गरेको हो । त्यसको सुरुवात वडा नं ४ बाट गरिएको छ । 

यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई पालिकाले दिएको सेवाबाट यहाँका नागरिक निक्कै खुसी देखिएका छन् ।

गाउँपालिकामा १ हजार १०७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । वडा ५ बाट १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका वडाध्यक्ष बुद्धि  बहादुर स्याङ्तान (बाबू) ले बताए । 

गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्वाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुगेको जानकारी दिए ।

कार्यक्रममा विशिष्ट अतिथी उपाध्यक्ष दोर्जे मान जिम्बा, प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल , मिना पाख्रीन, प्रेम लामा, खडक बिक, बिन्दा आचार्य , स्वास्थ्यकर्मी प्रेम खडका बुद्धिजीवी , समाजसेवी , लगाएको उपस्थितिमा बुद्धि  बहादुर स्याङ्तानको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सन्चालन वडा सचीव चण्डिका थापाले गरेकी थिइन ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: