काभ्रे । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले भुम्लुको चालिसेटारमा बनेको मोटरेबल पुल उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमकाबीच मन्त्री लामाले भुम्लु गाउँपालिका वडा नं ९ चालिसेटारस्थित चाखोलामा निर्माण गरिएको मोटरेबल पुल निर्माण गरेका हुन् । गाउँपालिकाको ४२ लाख र जनसहभागितामा निर्माण गरिएको पुलले अरनिको राजमार्गस्थित चालिसेटारबाट चुल्ठेडाँडा जोडेको छ ।
पुल नहुँदा वर्षौँदेखि सास्ती खेप्दै आएका स्थानीय पुल बनेसँगै खुसी भएका छन् । बर्षातको समयमा ५२ किलोस्थित झोलुङगे पुलसम्म पुग्न बाध्य थिए । भुम्लु ९ का वडाध्यक्ष दलबहादुर तामाङले २०४५ सालदेखिको पुल बनाउने सपना पुरा भएको बताए ।
स्थानीयका समस्या तथा गुनासो सुनेपछि मन्त्री लामाले ज्याम्दीका सबै स्थानको खानेपानी र सिंचाई समस्या समाधान गर्न आफू प्रतिवद्ध भएको जनाए । उनले ती सबै योजना आगामी आर्थिक बर्षको बजेटमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले तरकारी खेतीको लागि सिंचाई आवस्यक भएको भन्दै त्यसका लागि भुम्लुभर १ हजार पोखरीको अवधारणा ल्याएको र त्यसको सुरुवात ज्याम्दीबाट गर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले भुम्लु गाउँपालिकाका विभिन्न वडामा करिब १४ करोड ५० लाखका योजना तीर्थ लामा नेतृत्वको मन्त्रालयबाट विनियोजन भएको भन्दै आगामी दिनमा अझै नजिकबाट नियाल्न अनुरोध गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google