मुख्यमन्त्री रावलले बुझाए राजीनामा, कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुँदै

दर्पण दैनिक २६ माघ २०७९,१९:१७
post

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त नभएसँगै उनी पदमुक्त भएका थिए । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन् । 

बिहीबारको प्रदेशसभामा उनले विश्वासको मत मागेका थिए । सभामुखले उनको मागलाई निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन पाउन सकेनन् । बहुमत सांसदको समर्थन नपाएसँगै उनी नेतृत्वको सरकार ३० दिनमै ढलेको छ । यसअघि उनी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 


उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन् गरेर मुख्यमन्त्री बनाएका थिए । अहिले सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सरकार ढलेको हो । 

प्रदेश प्रमुख देवराज जोशीले आजै नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: