सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

दर्पण दैनिक २० श्रावण २०८१,१७:३२
post

काठमाडाैं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघिका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए । 

एमाले र कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा पारिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ सांसद रहेका छन् ।

शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पहिलाेपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२