कर्णाली प्रदेशसभामा  पाँच वर्षमा ५३ विधेयक प्रमाणीकरण

दर्पण दैनिक २२ माघ २०७९,०७:११
post

सुर्खेत । २१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभामा पाँच वर्षे अवधिमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् । त्यस्तै ६ वटा विद्येयक विषयगत समितिमा छलफलका लागि पठाएको छ । ३ वटा विद्येयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र दुइवटा प्रक्रियामा रहेका छन् ।   कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धी निर्मित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा  विधेयक बनाएको छ ।

८३ वटा विधेयक दर्ता भएका भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेको छ । अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक बाहेक खुद विधेयक ६४ वटा रहेको छ । 

कर्णालीमा ४० जना माननीय सदस्यहरू प्रतिनिधित्व गर्ने गरेका छन् । जसमा २४ प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिक प्रतिनिधित्व  छ ।  प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसी प्रदेश सभाले २०७४ माघ २८ गते सभामुखमा राजबहादुर शाही र २०७४ फागुन ५ गते उपसभामुखमा पुष्पा घर्ती (विष्ट) लाई निर्वाचित गरेको थियो । 

पहिलोदेखि दशौं अधिवेशनसम्म पुग्दा ५ वर्षको अवधिमा २ सय ८४ घण्टा ५२ मिनेट ५९ सेकेण्ड सभा चलेको  प्रदेश सभा  अन्तिम बैठक २०७९ श्रावण १८ गते बसेको थियो । 

कर्णालीमा ५ वटा दलहरूले प्रतिनिधित्व गर्छन् । २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बसेको दिनलाई प्रदेश सभा स्थापना दिवसका रुपमा बनाउँदै आएको छ । यस अवसरमा पूर्व माननीय पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रम समेत गरिएको प्रदेश सभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले बताए ।  

कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङ, उपसभामुख यशोदा न्यौपाने, प्रदेशका मन्त्रीहरु, माननीयहरू, पूर्व माननीयहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहभागी रहेका थिए ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: