राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश १ बैठक उदयपुरमा सम्पन्न

दर्पण दैनिक २२ बैशाख २०८०,२१:२२
post

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले उदयपुरको गाईघाटमा पहिलो प्रदेश बैठक सम्पन्न गरेको छ । शुक्रबार गाईघाट स्थित टाउन हल होटलको सभाहलमा रास्वपाका प्रदेश सभापति राजेश कुमार तिमिल्सिनाको अध्यक्षतामा बिभिन्न निर्णयहरु सहित बैठक सम्पन्न भएको हो ।

बैठकले संगठन विस्तार प्रशिक्षण लगाएत विषयमा छलफल गरेर निर्णय गर्ने रास्वपाका उदयपुर जिल्ला संयोजक चित्रकुमार कार्कीले बताए । कार्यक्रममा संघीय सांसद असोककुमार चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांसद चौधरीले उदयपुरको उदयपुरको गाईघाट फत्तेपुर सडक र प्रस्तावित सगरमाथा विमानस्थलको विषयमा समेत स्थलगत अनुगमन गरेको छन् । सांसद चौधरीले सम्बन्धि विभागबाट जानकारी लिने समेत जनाएका छन् ।

स्थानीयले सामान्य बाटोमा पुल नभएकोले वर्षातको समय हजारौं स्थानीयले सास्ती भोग्नु परेको सांसद चौधरीसँग दुखेसो व्यक्त गरे । स्थानीयका अनुसार झण्डै चार हजार रुख कटान भएको छन् । 

अझै करिब दस हजार रुख काट्ने निर्णय भएको प्रति स्थानीय चिन्तित भएको छन् । कार्यक्रममा प्रदेश महामन्त्री लालविक्रम थापा, प्रवक्ता कमल बाबु मैनाली लगाएत ११ जिल्लाका संयोजक उपसंयोजक प्रदेश सदस्य लगाएत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: