२० वर्षे रणनीतिक योजना बनाउदै रसुवाको उत्तरगयाँ गाउँपालिका

दर्पण दैनिक ११ चैत्र २०७९,१७:२५
post

रसुवा । उत्तरगयाँ गाउँपालिकाले २० वर्षे रणनीतिक गुरुयोजना बनाउने भएको छ । उत्तरगया गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० वर्षे समष्टिगत योजना निर्माण गर्ने भएको छ । योजनाका लागि सरोकारवालाहरू सहभागी गराएर रणनैतिक विकास गुरुयोजना तर्जुमा पुर्वतयारी २ दिने कार्यशाला गाउँपालिकामा सम्पन्न भयो । 

गाउँ पालिकाले बनाउन लागेको २० वर्षे रणनीतिक गुरुयोजनालाई  पूर्व सचिव डा मानबहादुर विके संयोजक रहेको एउटा टोलीले सहजीकरण गरिदिने छ ।
टिमले  फिल्डमा गएर दुई महिनाभित्र गाउँपालिकाको सम्पूर्ण वस्तुस्थितीको सुक्ष्म विश्लेषण गरी प्रतिवेदन तयार गर्ने र आगामी ३० जेठसम्म पालिकालाई हस्तान्तरण गर्ने योजना रहेको छ । 

२० वर्षे रणनैतिक विकास गुरुयोजना तर्जुमा पुर्वतयारी कार्यशाला राष्ट्रिय प्रकृति तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले गुरुयोजनाको प्रभावकारी कार्यन्वयन र शुसासनका लागि स्रोत परिचालन तथा वित्त व्यवस्थापनका आवश्यकता र सम्भातिव रणनीति, राष्ट्रिय योजना आयोगका पूर्व उपाधयक्ष प्रा डा पुष्पराज कँडेलले दिगो विकास लक्ष्य, १५ औ पञ्चवर्षिय योजना , प्रदेश योजना र उत्तरगया गाउँपालिकाको गुरु योजना बीचको अन्तर्सम्बन्ध, नेपाल सरकारका पुर्व सचिव डा मानबहादुर बिकले सुशासन विकासको परिकल्पना र गुरु योजना निर्माण औचित्य, महत्व, प्रक्रिया र आवश्यक पुर्वसर्तहरू, उत्तरगया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक अधिकारीले गाउँपालिकाको विदमान विकास उपलब्धिको समीक्षा, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कपिल आचार्यले पुर्वाधार विकासका परिकल्पना तथा स्थानीय सरकारको भौतिक विकास विकासको आवश्यक र उपयुक्त रणनीतिहरूका साथै गुरुयोजनाले समेटनुपर्ने पक्षहरू , विद्यमान समकालिन अवस्थामा आर्थिक विकास र समृद्धिका लागि गुरुयोजनाको योगदान स्थानीय पुर्वाधार विद् डा लेखराज पौडेल, विपद तथा वन वातावरण विकासको परिकल्पना र गुरु योजना तर्जुमाका लागि आगामी कार्ययोजना निर्माण बारे सुशासन विज्ञ कर्णबहादुर नेपालीले सहजिकरण गरेका थिए । 

कार्यक्रम आयोजक तथा योजना निर्माण गर्ने जिम्मा पाएको ग्रामीण युवा सरोकार केन्द्र रुकुमका अध्यक्ष पुष्तक चन्द, सचिव गणेश केसीलगायत सहभागी थिए । 
यसको पूर्वतयारी स्वरुप विज्ञ,सरोकारवालाहरूलाई समेटेर दुई दिनसम्म उत्तरगया गाउँपालिकाको २० वर्षे रणनीतिक गुरुयोजना गोष्ठीको आयोजना गरेको हो ।

गोष्टीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्प कँडेल,बीत्त आयोगका अध्यक्ष डा बालानन्द पौडेल,पूर्व सचिव मानबहादुर विके, इञ्जिनियर कपिल आचार्य, डा लेखनाथ पौडेललगायतका विज्ञहरूले आ आफ्नो धारणा र सुझाव पेस गरेका थिए । सो कार्यक्रममा प्रतिनिधि सभाका रसुवा जिल्लाका सांसद मोहन आचार्यले गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले अहिलेसम्म सिकेको ज्ञान र आफ्नो चिनजानलाई प्रयोग गरी उत्तरगयालाई सम्बृद्ध गाउँपालिका बनाउन लागिपरेको बताए ।

यस्तै,रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले रसुवा जिल्लाकै नमूना कार्यक्रम उत्तरगयाँ गाउँपालिकाबाट प्रारम्भ भएको र यसको अनुशरण अन्य पालिकाले पनि गर्नुपर्ने बताए ।

एनेकपा माओवादी केन्द्रका नेता मेघनाथ घिमिरेले पालिकाले अगाडि सारेको २० वर्षे रणनीतिक योजनालाई आफू र आफ्नो पार्टीले खुल्ला दिलले सहयोग गर्ने तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष डिल्ली सुवेदीले रसुवा जिल्लाकै नमुना कार्यक्रम कागजमा मात्र सीमित नहोस् र नतुहिने खालको बनोस भन्ने शुभेच्छा व्यक्त गरे ।

नेपाली काँग्रेसका युवा नेता जनकजीवन उपाध्यायले देशभरकै ७५३ पालिकामध्ये उत्तरगयाले नवीन सोचका साथ कार्यक्रम अगाडि सारेकोले त्यसलाई पूरा गराउन आफ्नो प्रतिवद्धता व्यक्त गरे । जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले समृद्ध उत्तरगया गाउँपालिकाको २० वर्षे रणनैतिक योजना निर्माणका लागि सवैले सहयोग गर्नुपर्ने बताए । 

गाउँपालिकाको भौगोलिक क्षेत्रअनुसार हुँदै गरेको जनससंख्या वृद्धि, सहरीकरण र आर्थिक समृद्धिको सम्भावनाको खोजी गर्दै तहगत सरकारसँग समन्वय गरेर स्थानीय सरकारसँग उपलब्ध स्रोतसाधन, जनशक्ति र सम्भाव्य लगानीका स्रोतको खोजी गर्दै आगामी २० वर्षसम्ममा समग्र विकास योजनाको तर्जुमा र प्रक्षेपण गर्नु गुरुयोजना निर्माणको मुख्य उद्देश्य छ ।

विकासमा प्रादेशिक सन्तुलन, समावेशिता, प्राकृतिक स्रोत र साधनको संरक्षण, संवर्धन र उपयोग गर्दै मर्यादित काम र रोजगारी सिर्जना गर्न पनि गुरु योजना निर्माण गर्न आवश्यक रहेको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले बताइन् । 
गुरुयोजनाले दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागु गर्ने नीति लिएको छ ।

‘पालिकाको विकास कार्यक्रममा सबै नागरिकले आत्मसात् गर्ने गरी यसका सूचकलाई आधार मानेर स्थानीय तहको योजना निर्माण गरिनेछ,’ उनले भनिन्, ‘पालिकाले गुरुयोजना निर्माण गर्दा दिगो विकास लक्ष्यले निर्दिष्ट गरेबमोजिम राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सहयोग पुग्नेछ छ ।’

गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले सम्बृद्ध मुलुक निर्माण गर्नका लागि दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति अनुरुप गुरुयोजना निर्माणमा लागेको बताए । 

उत्तरगया गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० बर्षे समष्टिगत योजना निर्माण हुने र यो गुरुयोजना सबै दलको साझा कार्यक्रम भएको उल्लेख गर्दै पालिकाले यसलाई सहजीकरणमात्र गरिदिएको बताए । गाउँपालिका अध्यक्ष अर्याल र उपाध्यक्ष चमेली गुरुङले आतिथि तथा सहजकर्ताहरूलाइ मायाको चिनो प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा बागमती प्रदेह सभा सदस्य इन्द्र गौतम, कानुन व्यवसायी पूर्णचन्द्र पौडेल, समाजसेवी तथा डिप्रक्स नेपालका पिलाम्बर आचार्यलगायत सहभागीहरुले शुभकामना मन्तव्य ब्यक्त गरे । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post