काभ्रे । तेमाल गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । ‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङका अध्यक्षतामा, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकर, जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका खोप अधिकृत पार्थमणि न्यौपाने, जिल्ला समन्वय समितिका शाखा अधिकृत भरत सापकोटा, वडा नं १ का वडाध्यक्ष इन्द्रबहादुर अधिकारी, तेमाल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङ्ग, स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठक, स्वास्थ्य संस्थाका इन्चार्जहरु, स्वास्थ्यकर्मीहरु, स्वयम् सेवकलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google