तेमालमा आठ दिने स्वास्थ्य शिविर : टोलमै स्वास्थ्य चेक जाँच गर्न पाउँदा स्थानीय दंग (भिडियाेसहित)

दर्पण दैनिक १३ बैशाख २०८१,०९:३७
post

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा आँखा र दाँतको बृहत स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ  । गाउँपालिकाले यहीं बैशाख १० गते देखि १८ गतेसम्म सञ्चालन हुने गरि आँखा र दाँतको शिविर चलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिए । लामाका अनुसार सो शिविरमा नेपाल नेत्रज्योती संघ, किर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी भोलिन्टियर डक्टरको प्राविधिक सहयोग रहेको छ ।

शिविरबाट पत्ता लागेका मोतिया विन्दुको निःशुल्क अप्रेसन तेमाल गाउँपालिकामा हुने गरि तयारी भइरहेको उनले बताए । दर्पण दैनिकसँग कुरा गर्दै उनले भने, ‘चुनावमा मत माग्दै गर्दा गरेको प्रतिवद्धता अनुसार स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।’
 
त्यस्तै, स्वास्थ्य शाखाका संयोजक शिवहरी पाठकले शिविरमा तेमालवासीको उल्लेख्य सहभागिता रहेको बताए । 

गाउँको सिंहदरबार भनेर चिनिने स्थानीय सरकार नै जनताको सबैभन्दा नजिकको साथी हो । स्थानीय सरकारले जे जति काम गर्छ ती काम जनताको पक्षमा हुनुपर्छ भन्ने मान्यता अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले आमनागरिकको पक्षमा काम गरिरहेको छ । 

भिडियाे : https://youtu.be/B7jwo9gKLXY


 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: