पर्सामा सशस्त्र प्रहरीकाे स्वास्थ्य शिविर संचालन

दर्पण दैनिक २५ चैत्र २०८०,१५:१०
post

पर्सा । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ गण्डकस्थित मल्टि स्पेशयालिटी हस्पिटल वीरगंजको संयुक्त सहकार्यमा सीमावासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ खजानीमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर संचालन गरिएकोे छ ।

सोही नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको प्रमुख आतिथ्यमा चैत २४ गते सम्पन्न भएको स्वास्थ्य शिविरमा ९५ जना पुरुष र ७० जना महिला गरी जम्मा १ सय ६५ जनाले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श लिएका थिए । कार्यक्रममा नं. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह, सिमा्रैनगढ नगरपालिकाका जनप्रतिनिधि लगायत स्थानीयबासीन्दाहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: