काठमाडाैं । नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर तथा बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ को संयुक्त आयोजनामा निःशुल्क मधुमेह (सुगर) तथा थाईराईड रोग परिक्षण शिविर हुने भएकाे छ । शिविर यहीं अषाढ २३ गते शनिबार स्पेशल चाेकमा रहेकाे कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टरमा हुने भएकाे हाे ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सुमन लामाले सुगर (मधुमेह) तथा थाईराईड रोग परिक्षण शिविरमा सहभागी भएर लाभ लिन अनुरोध गरेका छन् ।
उक्त शिवरमा निःशुल्क डाक्टर परामर्श, निःशुल्क ब्लड सुगर जाँच, डाईबेटिज तथा थाईराईड प्याकेजमा ५०% छुटको व्यवस्था, ब्लड सुगर, Glycated Hemoglobin (HbA1C), Lipid Profile, Liver Function Test (LFT), निःशुल्क ईसिजी सेवा, Urine Routine Serum Calcium, Kidney Function Test (KFT), Thyroid Function Test (TFT) सेवाहरू रहने कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टरले जनाएकाे छ । त्यस्तै डाक्टरको परामर्श अनुसार अन्य जाँजहरूमा ३०% तथा औषधीमा १०% छुटको व्यवस्था गरिने पनि सेन्टरले जानकारी दिएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google