
स्याङ्जा । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अमर प्रहरीका परिवार, ज्येष्ठ पूर्वप्रहरी, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग गर्ने संघसंस्था र व्यक्तित्वलाई सम्मान गरिएको छ।
‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौर, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, पूर्वप्रहरी, नागरिक समाजका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा अमर प्रहरीका परिवारजनको उपस्थिति थियो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले स्वागत मन्तव्य राख्दै प्रहरी महानिरीक्षकबाट प्राप्त प्रहरी दिवसको शुभकामना सन्देश वाचन गरेका थिए ।
प्रहरी जवान नरेन्द्र पुनले बाँसुरीको धुन प्रस्तुत गरेका थिए ।
वीर अमर प्रहरीका परिवारजन तथा जिल्लाका ज्येष्ठ पूर्वप्रहरी कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
अपराध अनुसन्धान तथा सचेतनामूलक गतिविधिमा सहयोग गर्ने स्याङ्जा युथ क्लब, स्याङ्जा एफएमलगायत संघसंस्था र व्यक्तित्वलाई प्रहरी उपरीक्षक राठौरले प्रशंसापत्र प्रदान गरेका थिए।
यसैगरी, जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको ब्याडमिन्टन डबल्स प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी घिमिरेले पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा पूर्वप्रहरी संगठन स्याङ्जाका अध्यक्ष एवं पूर्वप्रहरी नायब उपरीक्षक श्यामकुमार श्रेष्ठ र नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि प्रहरी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक राठौरले उपस्थित अतिथि तथा सहभागीलाई धन्यवाद दिँदै विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए। उनले वीर अमर प्रहरीका परिवारजनसँग छलफल तथा अन्तरक्रियासमेत गरेका थिए।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)





.jpeg)











































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)
































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google