काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर नभएका कर्मचारीलाई हाजिर हुन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै हाजिर हुन नआएका नौजना प्रहरी कर्मचारीलाई हाजिर हुन आग्रह गरेको हो ।
कात्तिकदेखि बिना जानकारी हाजिर नभएका उक्त नौजना प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिभित्र सम्पर्कमा आउन भनेको छ । चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने पनि सूचनामा उल्लेख छ ।