काठमाडाैं । सरकार र महावीर पुनबीच वार्ता गर्न समिति गठन गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच भएको छलफलमा वार्ता समिति गठन गर्ने सहमति भएको पुनले जानकारी दिए । उनका अनुसार दुवैतर्फबाट वार्ता टोली गठन गरेर समस्या समाधान गर्ने सहमति भएको छ ।
‘उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको अफिसमा बोलाउनु भयो । सल्लाह सुझाव माग्नु भयो । पाँच बजेसम्म वार्ता टोली गठन गरेर भोलिसम्म समस्या समाधान गर्ने छलफल भएको छ । सकारात्मक छ,’ पुनले भने । बैठक चलिरहदा समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डले दुईपटक फोनसमेत गरेको पुनले बताए । आविष्कार, नवप्रवर्तनलगायतका विषयमा सरकारले लगानी बढाउनुपर्ने भन्दै पुन आन्दोलनमा छन् ।