ट्राफिक प्रहरी जवान कार्की पौष महिनाको उत्कृष्ट प्रहरी घोषणा

दर्पण दैनिक १९ माघ २०८०,१६:५९
post

काठमाडाैं । प्रहरी जवान प्रमिला कार्की पौष महिनाको उत्कृष्ट प्रहरी Best Traffic Police of Month घोषणा भएकी छन् । ट्राफिक नियम उल्लंघन गर्ने बढीभन्दा बढी सवारी चालकहरुलाई कारवाहीको दायरामा ल्याई चुस्त दुरुस्त रहि बिभागीय नीति निर्देशन तथा आदेशको अक्षरस: पालना गरेकाे भन्दै काठमाडाैं उपत्यका  ट्राफिक प्रहरी कार्यालयले कार्कीलाई Best Traffic Police of Month घोषणा गरेकाे हाे ।

कार्कीले आफूलाई खटाईएको स्थानहरुमा सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन आफुलाई तोकिएको जिम्मेवारी बिवाद रहित तवरले पुरा गर्ने जस्ता कार्य गरी सर्वसाधारणबाट सकारात्मक पृष्टपोषण प्राप्त भएकाे काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । 

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेकाे छ, 'साथै कार्कीले गरेको हालसम्मको कार्य सम्पादन स्तर तुलनात्मक रुपमा उत्कृष्ट रहेको पाईएकोले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत हौसला बढ्न जाने तथा त्यसबाट जिम्मेवारी निर्वाहमा हरेक कर्मचारीहरुमा सकारात्मक प्रभाव पर्न गई संगठनको व्यबसायिक कार्यदक्षतामा उच्च सुधार भई आगामी दिनहरुमा हरेक प्रहरी कर्मचारीहरुबाट हुने कार्य सम्पादनमा थप गुणात्मक सुधार हुने तथ्यलाई दृष्टिगत गरी निजले गरेको कार्यको कदर स्वरुप २०८० पौष महिनाको Best Traffic Police of Month घोषणा गरिएको छ ।'

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: