महेश बस्नेत र मेयर बालेनबीच यी १५ विषयमा भयाे छलफल

दर्पण दैनिक २४ फाल्गुन २०७९,१५:२८
post

काठमाडाैं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । 

बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित बस्नेतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

बस्नेतलाई भेट्न मेयर बालेन गुण्डु पुगेका हुन् । निर्वाचनको समयमा राजनीतिक प्रतिस्पर्धा भए पनि विकास र समृद्धिका विषयमा सहयोग र समन्वय गर्नेबारे उनीहरूबीच छलफल भएको बताइएको छ ।

यस्तै, मेयर बालेनले पुनर्निर्माण गरिएको अनन्तलिंगेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायत स्थानको अवलोकन समेत गरेका थिए ।

उनीहरूबीच वर्तमान राजनीति, स्मार्ट सिटीलगायत १५ विषयमा छलफल भएको जनाइएको छ ।

बालेनले महानगरभित्रका अवैध संरचना भत्काउने अभियान चलाएको बेला बस्नेतले विरोध जनाएका थिए ।

नेता बस्नेत र मेयर साहबीच भएका १५ वटा विषयहरु

१. वर्तमान राष्ट्रिय राजनीति,
२. मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या,
३. मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान,
४. सकुम्बासी बस्तीको समस्या समाधानको उपाय,
५. कोटेश्वर चोकमा आकाशे पुल निर्माण,
६. हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा,
७. सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नती,
८. भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण,
९. केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर,
१०. मनोहरा प्लानिङ आयोजना,
११. स्मार्ट सिटी,
१२. भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास,
१३. प्राणी उद्यान केन्द्र,
१४. अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य,
१५. वातावरण प्रदुषण नियन्त्रण,

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७