काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)को सरुवा तथा पदस्थापन प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआइजीपीहरुको सरुवा प्रस्ताव गरिएको हो ।
नवनियुक्त एआइजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन सिफारिस गरिएको छ भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी(मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) प्रमुखको पनि सरुवा गरिएको छ ।
जसअनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआइजी दिपक थापालाई सिआइबी र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआइजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइने भएको छ । थापालाई सिआइबीमा पठाइएसँगै त्यहाँस्थित श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा ल्याइएको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयबाट पठाइएको प्रस्तावमाथि छलफलसँगै निर्णय गर्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google