
काठमााडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरिएको हो ।
बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेकाे छ ।
यस्ताे बन्याे समिति
संयोजक: टंकमणि शर्मा - पूर्व महालेखापरीक्षक
सदस्य: श्री फणीन्द्र गौतम, सचिव– नेपाल सरकार
सदस्य: श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थ मन्त्रालय
सदस्य: श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सदस्य: श्री सुजनकुमार काफ्ले, अध्यक्ष– ICAN
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google