एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

दर्पण दैनिक १९ बैशाख २०८०,१८:४७
post

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन् ।  अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन । तर सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरी निलम्बनमा परेको जानकारी दिएको हो । 

दोस्रोपटक प्रहरीको पत्र पाएपछि सभामुख घिमिरेले हत्या अभियोग लागेका कोइरीलाई निलम्बन गरेका हुन् । प्रहरीले आइतबार सभामुख घिमिरेलाई कोइरी पक्राउमा सहयोग गर्न माग गर्दै दोस्रो पटक पत्र पठाएको थियो ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका कोइरी लामो समय संसद्‌मा अनुपस्थित छन् । गत वैशाख १५ गते बसेको संसद् बैठकमा सभामुख घिमिरेले कोइरी उपचारमा रहेको भन्दै अनुपस्थितको बिदा स्वीकृत गराउन खोजेका थिए ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनी फरार अपराधी भएकाले बिदा दिन नसक्ने अडान लिएपछि संसद् बैठक अवरुद्ध भएको थियो । त्यही दिन सभामुखले कोइरीको उपचार बिदा दिने प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै कोइरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि संसद् बैठक पुन: सञ्चालन भई संसद् अधिवेशन अन्त्य गरिएको थियो । 

महोत्तरी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरीविरुद्ध सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग छ । मधेश आन्दोलनका बेला २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो। उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । 

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी छुटेका थिए । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।उक्त आदेशपछि कोइरी फरार भएका थिए। फरार रहेकै अवस्थामा उनले गत मंसिरमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post