राजा वीरेन्द्रको सम्झनामा स्मृतिसभा

दर्पण दैनिक १९ जेष्ठ २०८१,१८:३३
post

काठमाडौं । स्व.राजा वीरेन्द्रको २३औं स्मृति सभा सम्पन्न भएको छ । राजा वीरेन्द्रको २३औं स्मृतिमा स्व.राजा वीरेन्द्र शान्ति प्रतिष्ठानलले शनिबार जवलाखेल स्थित शालिकम माल्यार्पणसहित विभिन्न कार्यक्रम गरि सभा सम्पन्न गरेको हो ।
 
राजा बीरेन्द्रको शान्ति अभियान र महत्वपूर्ण कार्यहरुलाई अगाडि बढाउने उद्वेश्यका साथ स्थापित प्रतिष्ठानले २०७२ सालदेखि देशमा शान्ति र अमनचयनको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले प्रत्येक स्मृति दिवस र जन्मजयन्तिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
 
प्रतिष्ठानका अध्यक्ष शिबहरि खनालले राजा वीरेन्द्रको २३औं स्मृतिमा वीरेन्द्रको शालिकमा माल्र्यापण गर्दै वि.स. २०५८ जेठ १९ गतेलाई  नेपाली इतिहासको कालो दिनको रुपमा स्मरण गरे । उनले यसै दिन राति राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत राजपरिवारका सदस्यहरुको एकै ठाउँमा हत्या भएको र त्यस घटना सम्झिँदा आज पनि सबैलाई पीडादायी हुने बताए । दरवार हत्यकाण्ड आज २३ वर्ष पूरा हुँदा पनि अझै गुपचुम र रहस्यमयी नै हुनु बिडम्बना भएको बताए । उनले  हत्यारा पत्तालगाई सत्य तथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन पनि राज्यसँग माग गरे ।   

यस्तै प्रतिष्ठानका सचिव रञ्जित धमलाले  शालिकम माल्र्यापण गर्दै राष्ट्रप्रेमी राजा वीरेन्द्रको शान्ति अभियमन र राष्ट्रप्रतिको योगदानलाई हामीले कहिल्यै भुल्न नहुने बताए । सम्मानित राजा वीरेन्द्र सबै नेपालीको हृदयमा स्मरणीय रहेको बताउँदै उनले यस्ता शान्ति र राष्ट्रप्रेमी राजा वीरेन्द्रको वंश नास गर्ने गरि गरिएको हत्याकाण्ड गम्भिर षडयन्त्रपूर्ण घटना भएको बताए । उनले प्रत्येक नेपालीको आस्थाको केन्द्र, शान्तिका दुत राजा विरेन्द्रलाई राष्ट्रले उच्च सम्मान गर्दै राज्यले राजा वीरेन्द्रको नामामा राजमार्ग, अस्पताल बनाउनु पर्नेमा जोडदिए । 

 प्रतिष्ठानको उपाध्यक्ष बिनोदप्रसाद आचार्यले राजा वीरेन्द्रले नेपाली जनतालाई गरेको प्रेम, विश्वास, विश्व शान्तिको लागि गरेको योगदान, समृद्ध नेपाल निर्माणको लागि गरेको त्यागलाई राज्यले उच्च कदर गर्नु पर्ने बताए । 

यस्तै कार्यक्रममा  प्रतिष्ठानका कोषाध्यक्ष मधुकर शम्शेर जबरा, सल्लाहाकार भाईराजा पाण्डे, बलराम गौतम, पूर्व सांसद नानीमैया दाहाल, खेलाडी कृष्णभक्त न्यौपाने, समाजसेवी टपबहादुर थापा, लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

वि.स. २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेष्ठ १९ गते राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत राजपरिवारका सदस्यहरुको हत्या भएको थियो । 


 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: