दोश्रो ब्रम्हमोत्सवको तयारीमा जुट्यो श्रीमुक्तिनाथ मन्दिर संरक्षण समिति

मनिष रञ्जन बराल १४ बैशाख २०८१,१५:५६
post

मनिष रञ्जन बराल , काठमाडौं । पनौती नगरपालिका ५ बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा दोश्रो ब्रम्हमोत्सव आयोजना हुने भएको छ । श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिको आयोजनामा हसन गइरहेको दोश्रो ब्रम्हमोत्सव यहीं बैशाख १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको हो ।

उक्त कार्यक्रम अन्तर्गत २०८१ बैशाख १६ गते पुर्वाङ्ग हुनेछ । पुर्वाङ्गका दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्कुरारोपण , ब्राह्मणबरण, अग्निप्रतिष्ठा, ध्वजारोहण हुनेछ । बैशाख १७ गते  द्वारतोरणपुजनम, चतुस्थानार्चन, नित्यहोम, नित्यपूर्णाहुति हुनेछ ।

मध्यान्ह पछि श्रीदेवी, भूदेवी बल्लभ श्री मुक्तिनाथको यात्रोत्सव हुनेछ । उक्त यात्रा नगर परिक्रमा गर्ने आयोजक समितिले जानकारी दिएको छ । बैशाख १८ गते नित्यपुजाका साथै महापुर्णाहुति, र मध्यान्ह पछि १०८ कलशद्वारा श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको महाभिषेक, श्रीपुष्पयागम, द्वादशराधना, सत्तावरण, ध्वजावरोहण, सम्भावना हुनेछ । बैशाख १९ गते मुक्तिनाथ भगवानको महाभिषेक हुनेछ ।

२०७४ साल असोज ७ गते शिलान्यास गरिएको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँको मुक्तिनाथ मन्दिर २०७८ असोज २५ गते सोमबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो । समितिका संस्थापक अध्यक्ष गोपालबहादुर थापाले मन्दिरको परिकल्पना, स्थापना र निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।

मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर हो । तीन तल्ले यो मन्दिरमा आवश्यक पर्ने विभिन्न संरचना निर्माण गरिएको छ । मुक्तिनाथ धाममा नियमित पूजाको विधि गरिएको छ । विभिन्न क्षेत्रबाट मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धी भएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: