
काठमाडाैं । नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयले आज (बिहीवार) १५ एसएसपीको सरुवा गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा विरेन्द्रनगर, सुर्खेतमा रहेका गोपालचन्द्र भट्टराईलाई बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा सरुवा गरिएको छ ।
यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डा. मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, नक्सालमा सरुवा गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google