रेशम चौधरीको मुद्दामा ‘प्रत्यर्थी झिकाउने’ सर्वोच्च अदालतकाे आदेश

दर्पण दैनिक २२ माघ २०७९,१९:५१
post

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जोडिएको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासले पूर्वसांसद रेशम चौधरीको पुनरावेदनमा ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको हो ।  सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ । प्रत्यर्थी भनेको उनको पुनरावेदन निवेदनमा प्रतिवादी बनाइएका संस्था वा व्यक्ति हुन् ।

सर्वोच्च अदालतले आइतबार तल्लो अदालतको फैसला चित्त नबुझाएर पुनरावेदन गर्नेको विपक्षीहरुलाई झिकाउनु भनी आदेश गरेको हो । ७ भदौ २०७२ मा कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो मुद्दामा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर सहित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो, उक्त फैसलालाई उच्च अदालत दिपायलले पनि सदर गरेको थियो ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७