काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रो पटक पद मुक्त गरेको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको पूर्ण इजलासले बिहीबार थापालाई पद मुक्त गरेको हो। प्रधानसहितको पूर्ण इजलासमा कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
थापाले सभाध्यक्षता गरेका सांसदको समेत जोडेर विश्वासको मत लिएको र उक्त कार्य संविधान संवत नदेखिएको भन्दै सर्वोच्चले उनलाई पदमुक्त गर्न आदेश दिएको हो ।
थापालाई पद मुक्त गर्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिकमत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।
कार्कीलाई संविधानको १६८ को उपधारा ३ बमोजिम ४८ घण्टाभित्रमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।