निजी जग्गामा वृक्षरोपण नगर्न हर्क साम्पाङकाे नाममा उच्च अदालतकाे अन्तरिम आदेश

दर्पण दैनिक ११ श्रावण २०८०,२१:२२
post

विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध निजी जग्गामा वृक्षरोपण नगर्न आदेश दिएको छ । धरानकी रोजिना अधिकारीले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै न्यायाधीश मिलनकुमार राईको इजलासले अनधिकृत प्रवेश गर्ने र वृक्षरोपण गर्ने कामलाई रोक्न धरान उपमहानगर र साम्पाङका नाममा अन्तरिम आदेश दिएको हो ।

आन्तरिम आदेशसँगै उच्चले कारण देखाऊ आदेशसमेत जारी गरेको छ । धरान उपमहानगरपालिकासमेतलाई बाटोको म्यादसहित १५ दिनभित्र अदालतमा हाजिर हुन आदेशमा भनिएको छ ।

मुलुकी देवानी संहिता २०७५ को दफा २५ ले कानुनी हक अधिकार प्रत्याभूति गरेको हुँदा अनधिकृत प्रवेश गर्ने र बिरुवा रोप्ने कामले निवेदकको सम्पत्तिसम्बन्धी हक अधिकारमा आघात पुगेको अदालतको ठहर छ । निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सो जग्गामा प्रवेश गर्ने र वृक्षरोपण गर्ने गराउने काम बन्द गर्न गराउन उच्च अदालतको नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश दिइएको हो । 

गत सोमबार सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै मेयर साम्पाङले समर्थकसहित छोटी मोरङमा रहेको अधिकारीको जग्गामा वृक्षरोपण गरेका थिए । रोजिना अधिकारीको नाममा रहेको धरान बाँझगराको ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

अधिकारीले हालसम्म आफ्नो नाममै रहेको जग्गामा अनधिकृत रूपमा हस्तक्षेप गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् । अधिकारीका श्रीमान् रोशन अधिकारीले सो जग्गामा लामो समयदेखि पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: