काभ्रे । खानीखोला गाउपालिका वडा नं ७ मा बृहत सोनाम ल्होछार कार्यक्रम आयोजना हुने भएको छ । २८५९औँ तावार ल्हो को अवसरमा शनिबार तामाङ समाज खजुलीलेकको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमलाई बाग्मती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले उद्घाटन गर्ने बताइएको छ ।
बृहत् साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु अमिर दोङ, सुनिता लुङबा, सानुबाबु घिसिङका साथै चर्चित कलाकारहरुको प्रस्तुति रहने छ ।
तामाङ जातिको नयाँ बर्षको रुपमा मनाउने यस पर्वलाई बिभिन्न तामाङ भेषभुषा लगाएर रमाइलो गर्ने र आफनो कला संस्कृति पहिचानको लागि औपचारिक कार्यक्रम मार्फत सन्देशमुलक कार्यक्रम गरी मनाइन्छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google