दार्चुलामा मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको जिप दुर्घटना, ६ जनाको मृत्यु

दर्पण दैनिक ३० कार्तिक २०८१,०७:१३
post

काठमाडाैँ । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका छन् । जात्रा हेरेर फर्किएकाहरू सवार दुर्घटनामा परेका बताइएकाे छ ।

घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण र जीपमा कति जना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: