भुम्लुमा सडक विस्तारमा अध्यक्ष र उपाध्यक्ष नै खटिए

दर्पण दैनिक २० माघ २०७९,०७:२९
post

काभ्रे । भुम्लु गाउँपालिकाले पालिकाभित्रका सडक बिस्तार कार्य तिब्र बनाएको छ । गाउँपालिकाले  सडक बिस्तार कार्य वडा नं ८ को हवेलीदेखि शुभारम्भ गरेको छ । वडा नं ८ को हवेली देखि वडा नं १ सापिङ, वडा नं २ सिम्थली, वडा नं ३ बेखसिम्ले सम्मको सडकको डबल कटिङ कार्यको सुरुवात गरिएको पालिकाले जनाएको छ । सडक बिस्तारको काममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान (दाबा) लामा आफैं खटिएका छन् ।

भुम्लु गाउँपालिकाले सर्वसाधारणलाई यात्रामा सहज होस् भन्ने सोच अनुरुप आफ्नै स्काभेटर प्रयोग गरी सडक विस्तार कार्य अघि बढाएको हो । सडक बिस्तार कार्य चाँडै सम्पन्न गर्ने गाउँपालिकाउपाध्यक्ष जितेन्द्रमान तामाङ (दाबा)ले जानकारी दिए । पालिकाका ग्रामिण भेगका स्थानीयको सुविधालाई मध्यनजर गर्दै सडक बिस्तार कार्य अघि बढाएको उपाध्यक्ष तामाङले वताए । उनले सडकको बिस्तार कार्य पछि आम भुम्लुबासीलाई आवत जावतमा सहज हुने विश्वास ब्यक्त गरेका छन् । 

सडक बिस्तारको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान (दाबा) लामाले गरेका थिए । उद्घाटन कार्यक्रममा पालिकाका कार्यकारी अधिकृत देवेन्द्र सुवेदी, वडा अध्यक्षहरु, स्थानीय बुद्धिजिबी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: