ललितपुर । गोदावरी नगरपालिका ४ बडिखेलमा विषालु जङ्गली च्याउ सेवन गरेर ३ जना बिरामी भएका छन् । वडा नं ४ का अध्यक्ष सानुभाई नगरकोटीका अनुसार गत साउन ६ गते विषालु च्याउ खाएर २३ वर्षीय दीपेश पहरी,१६ वर्षीय सुशान्त पहरी र २२ वर्षीय प्रज्वल पहरी बिरामी परेका हुन् ।
बिरामी परेका तीनै जनाको अहिले जावलाखेल स्थित नेशनल अस्पतालमा उपचार भईरहेको छ । हाल तीनैजनाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको वडा अध्यक्ष नगरकोटीले जानकारी दिएका छन् ।क घटनापछी ४ नं वडा कार्यालयले वडाबासीलाई जङ्गली च्याउ नखानको लागि सार्वजनिक अपिल जारी गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google