आम नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको तेमाल गाउँपालिकाले पालिका बाहिर बसोबास गर्ने नागरिकको लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न विशेष घुम्ती शिविर सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८३–०८४ को लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न विशेष घुम्ती शिविर सञ्चालन गरिहरेको हो ।
आमनागरिकको सेवा गर्ने अठोट गरेर काम गरिरहेको बताउँदै गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले आज साउन २३ गते देखि २९ गते सम्म घुम्ती शिविर सञ्चालन हुने जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार गाउँपालिका बाहिर (काठमाडौँ उपत्यका तथा बनेपामा) रहेका सेवाग्राहीहरूको सुविधाका लागि बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म घुम्ती शिविर सञ्चालन हुनेछ ।
साउन २३ गते कुमारिगालमा सम्पन्न भइसकेको छ, भने साउन २४ गते नयाँबस्ती, २५ गते कपन – आकासेधारा, २६ गते स्वयम्भू, २७ गते कोटेश्वर, २८ गते सुर्यविनायक र २९ गते बनेपामा घुम्ती शिविर सञ्चालन हुनेछ ।
आजदेखि सुरु भएको घुम्ती शिविरमा उत्सहजन सहभागिता रहेको तथा सेवाग्राहीको सहजताको लागि गत वर्ष भन्दा व्यवस्थित गरिएको अध्यक्ष तामाङले दर्पण दैनिकलाई बताए ।
























































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google