काभ्रे । वाग्मती प्रदेश सभाका सदश्य तथा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले आफूले जनतासँग गरेको बाचा नभुलेको बताएका छन् । खानीखोला गाउँपालिका वडा न ७ च्योमनडाँडामा तामाङ युवा समाज एकताद्वारा आयोजित २८५९औँ सोनाम ल्होछार कार्यक्रममा बोल्दै लामाले यस्तो बताएका हुन् । लामाले भने, ‘चुनावी कार्यक्रममा जे वाँचा गरेको थिएँ । त्यो काम पुरा गर्न ध्यान केन्द्रित गरेको छु ।’ जो जितेर गए पनि उस्तै नै हो भन्ने जनताको मानसिकतालाई परिवर्तन गर्न र यहाँका भौतिक पुर्वधारका अधुरो कामहरु पुरा गर्ने उनले दाबी गरे ।
आफू निर्वाचनको समयमा सो ठाउँमा उपस्थिति हुन नसके पनि यहाँका जनताले भरपुर बिश्वास गरेर आफनो अमुल्य मत दिएर बिजय गराएकोमा धन्यवाद दिए । उनले भने, ‘जनताले दिएको विश्वासको ऋणी भएको छु, जनतासँग गरेको बाचा भुलेको छैन् ।’
विकास निमार्णको कार्यमा आफू निरन्तर लाग्ने सांसद लामाले बताए । उनले भने, ‘विकासका योजनाको कामहरुमा पार्टीगत नभएर साझा जनताको मागलाई पुरा गर्ने अठोट व्यक्त गर्न चाहन्छु ।’
कार्यक्रममा खानीखोला गाँउपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, खानीखोला गाउँपालिका वडा न ७ का वडाध्यक्ष राम मोक्तान, पूर्व वडाध्यक्ष क्षेत्रमान घ्याबा, तामाङ घेदुङका जिल्ला सदस्य तथा समाजसेवी शेरबहादुर वाईबालगायतको उपस्थिति रहेको क्लबका अध्यक्ष सुदिन लामाले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google