बागमती प्रदेशमा अब ‘नेवारी र तामाङ’ सरकारी कामकाजको भाषा

दर्पण दैनिक २३ बैशाख २०८१,०६:५८
post

काठमाडौँ । बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि व्यावहारिक रूपमा सरकारी कामकाजको प्रयोगमा ल्याइने भएको छ । प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले यसबारे जानकारी जानकारी गराएका हुन् । उनका अनुसार वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्नेछन् । उक्त दिन काठमाडौँको वसन्तपुरबाट बिहान ७ बजे विभिन्न वेषभूषा र झाँकीसहितको र्यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसियालीमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरिसकेको छ । उक्त भाषा प्रयोगमा ल्याइएको खुसियालीमा हुने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा ३०५ सदस्यीय आयोजक समिति बनाइएको छ ।

केही महिनाअघि बसेको बाग्मती प्रदेशसभाको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरेको थियो ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३