काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मुल्याङकनमा जिल्लाभित्रका गाउँपालिकाहरुमध्ये प्रथम हुन सफल भएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता मुल्याङकनमा जिल्लाभित्रका गाउँपालिकाहरु मध्ये खानीखोला प्रथम हुन सफल भएको हो ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभाको अवसरमा आयोजित कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमुखलाई अर्थमन्त्री डा प्रकाशशरण महतले सम्मान पत्र हस्तान्तरण गरे ।
सो अवसरमा खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ र उपाध्यक्ष दोर्जेमान जिम्बाले सँयुकतरूपमा सम्मानपत्र ग्रहण गरे ।
सो अवसरमा खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङले जनप्रतिनिधि तथा कर्मचारीहरुको अथक मेहनत तथा सहयोगले नै स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनमा खानिखोला गाउँपालिका काभ्रे जिल्लामा प्रथम हुन सफल भएको बताए । उनले भने, ‘यो नतिजा जनप्रतिनिधि तथा कर्मचारीहरुको अथक मेहनत तथा सहयोग नै प्राप्त भएकोले हो । यस अवसरमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्नु हुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीसँगै खानीखोलावासीलाई सम्झिन चाहन्छु, साथै हृदयदेखि धन्यवाद व्यक्त गर्दछु ।’
त्यस्तै, उपाध्यक्ष दोर्जेमान जिम्बाले यो एक विशिष्ट जिम्मेवारी भएको बताए । उनले भने, ‘यो सम्मान तथा उपलब्धिलाई टिकाइराख्ने गरि काम गर्नुपर्ने हुन्छ ।’ उनले यो उपलब्धिले ‘हामी बनाउँछौ हाम्रो खानीखोला’ को नारालाइ सार्थक बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।
त्यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशान मन्त्रालयद्वारा मुल्याङ्कन गरि सार्वजनिक गरिएको नतिजा अनुसार स्थानीय तह वित्तिय सुशान जोखिम मुल्याङकन आव ०७८/७९ मा महाभरत गाउँपालिका काभ्रे जिल्लामै प्रथम भएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google