
काठमाडौ । काठमाडौबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ का १६३ जनाले सेवा लिएका छन् । काठमाडौंको चाबहिलस्थित दाउरा किचनमा गत ११ गतेदेखि शुक्रबारसम्म चलेको शिविरमा सेवाग्राहीले सेवा लिएका हुन ।
जसमध्ये २६ जनाको जन्मदर्ता, १८ जनाको बिबाह दर्ता, ५५ जनाको सामाजिक सुरक्षाभत्ता नविकरण, १० जनाको मालपोत कर राजस्व, ४० जनाको राष्ट्रिय परिचयपत्र वितरण र १४ जनाको अन्य सिफारिस गरिएको वडा अध्यक्ष मणिराज बस्नेतले दर्पण दैनिकलाई जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google