राष्ट्रिय युवा संघ महाङ्कालको अध्यक्षमा पुन: वसन्त थोकर

दर्पण दैनिक १९ श्रावण २०८०,२२:३३
post

ललितपुर । राष्ट्रिय युवा संघ महाङ्काल गाउँपालिका कमिटिको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार महाङ्काल गाउँपालिकाको गोटिखेलमा सम्पन्न अधिवेशनले पुन: वसन्त थोकरकै अध्यक्षतामा १७ सदस्यीय पालिका स्तरीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । 

सर्वसम्मत रुपमा निर्वाचित अन्य पदाधिकारीहरुमा सागर परियार उपाध्यक्ष,श्रीराम हुमागाईँ सचिव, सरोज  सिंतान र सृजना घिमिरे सहसचिव तथा मिलन भोम्जन कोषाध्यक्ष रहेका छन् । अधिवेशन कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य चीन लामा, सुमन तामाङ, एमाले गाउँपालिका कमिटी इन्चार्ज श्याम शर्मा बजगाइँ, अध्यक्ष पुरुषोत्तम हुमागाइँ लगायतको सहभागिता रहेको थियो ।

साथै अखिल नेपाल किसान महासंघले महाङ्काल गाउँपालिकाले दुग्धजन्य पदार्थमा लगाउने भनिएको करको विरुद्धमा आयोजना गरेको पालिका घेराउ तथा विरोध प्रदर्शन कार्यक्रममा पनि सक्रिय रुपमा सहभागिता जनाएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: