काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको आयोजनमा पार्टी र जनप्रतिनिधि विषयक प्रशिक्षण कार्यक्रम दोलखामा आजबाट सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उद्घाटन गरेका हुन् ।
सो प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामालगायत प्रदेशसभा सदस्यहरु, जिल्ला सभापतिहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षको सहभागिता रहेको छ । कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस दोलखा प्रशिक्षण शाखाले गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google