भोजपुरमा जसपाका दुई पालिका समिति पुनर्गठन

दर्पण दैनिक २६ कार्तिक २०८०,०७:१४
post

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल भोजपुर जिल्ला अन्तर्गतका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् । जिल्लाका  टेम्केमैयङु गाउँपालिका र रामप्रसादराई गाउँपालिका पुनर्गठन गरिएका छन् ।

जसअनुसार शनिबार आयोजित भेलाले विदेन राईको अध्यक्षतामा २३ सदस्यीय टेम्केमैयुङ गाउँ समिति पुनर्गठन गरेको हो त्यस्तै जिल्लाको रामप्रसादराई गाउँ समिति पनि पुनर्गठन भएको छ । उक्त पालिका समिति आशिकमान राईको अध्यक्षतामा २१ सदस्यीय रहेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोपाल राई, किरात राष्ट्रिय समितिका मुख्यसचिव प्रशन्न राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: