काभ्रे । बिपी राजमार्गको मंङ्गलटार, काल्धर हुँदै तेमाल गाउँपालिका जोड्ने सडक सुचारु भएको छ । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाका अनुसार हिजो बिहीबारदेखि सो सडक खुलेको हो ।
गत असोज दोश्रो साता भएको अविरल वर्षापछिको बाढी र पहिरोको कारण बिपी राजमार्गसहित काल्धरहुँदै तेमाल गाउँपालिका जोड्ने सो सडकमा पनि बन्द भएको थियो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतको निरन्तर खटाइले सडक सुचारु हुने पुगेको बताइएको छ ।
सडक सुचारु गरेसँगै अध्यक्ष तामाङले सबैलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google